नियम १२
अन्य मुलुकसँग समन्वय गर्ने
(१) नेपालको अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा रहेको नेपालको भू-भागमा बर्ड फ्लूको सङ्क्रमण देखा परेमा विभागको _ महानिर्देशकले तत्काल त्यस्तो सङ्क्रमित क्षेत्रसँग सीमाना जोडिएको मुलुकको समकक्षी अधिकारीलाई सो विषयमा जानकारी गराउनु पर्नेछ।
(२) नेपालको अन्तर्राष्ट्रिय सीमानासँगै जोडिएको विदेशको भू-भागमा बर्ड फ्लू देखा परी सम्बन्धित मुलुकको आधिकारिक निकायले बर्ड फ्लू नियन्त्रणका लागि नेपाल सरकार समक्ष लिखित अनुरोध गरेमा नेपाल सरकारले आवश्यकता अनुसार यस नियमावली बमोजिम बर्ड फ्लू नियन्त्रणका लागि सहयोग र समन्वय गर्न सक्नेछ।